चलचित्र विकास बोर्डमा निकिता

उद्धव पाैडेलकी छोरी निकिता पाैडेल।

काठमाडौं- मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। बोर्डको अध्यक्षमा नियुक्त गरिएकी पौडेल राप्रपा उपाध्यक्ष उद्धव पौडेलकी छोरी हुन्।
 
यस्तै मन्त्रिपरिषद्ले गोरखापत्र संस्थानको महाप्रबन्धकमा वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गर्ने निर्णय गरेको छ।
 
उपाध्याय गोरखापत्र संस्थानमा दशौं तहमा कार्यरत थिए।

मंसिर २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्