राष्ट्रपतिलाई गालीगलौज गर्ने पक्राउ

काठमाडौं-सामाजिक संजाल फेसबुक मार्फत राष्ट्रपतिलाई गालीगलौज गरेको आरोपमा प्रहरीले विवेक बानियाँलाई प्रक्राउ गरेको छ। गत असारमा फेसबुकबाट राष्ट्र प्रमुखलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै सीआईबीले बानियाँको खोजी तिब्र पारेको थियो।

बन्दिपुर गाउँपालिका वडा नं. २ घर भई हाल काठमाण्डौ कालीमाटी बस्‍ने बर्ष-२० का बानियाँलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक जिवन श्रेष्ठले जानकारी दिए।

सीआईबीको हिरासतमा रहेका बानियाँलाई विद्य‌ुतीय कारोबार ऐन-२०६३ बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ।

विद्य‌ुतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार बानियाँको कसुर प्रमाणित भए ५ बर्ष सम्म कैद र १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाए हुन् सक्ने छ ।

मंसिर २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्