जाडोले कठ्याङग्रिएर एकको मृत्यु

फाइल फोटो

कपिलवस्तु-कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ ।

दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु भएको हो ।

पुरानो कपडा लगाएका दाह्री पालेका पुरुषको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केहि दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ। रासस

 

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्