काठमाडौं किङ्स ८९ रनमा सीमित

काठमाडौं-सोमबारदेखी काठमाडौंमा सुरु भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेन ले ललितपुर प्याट्रियट्सलाई ९० रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको काठमाडौं किङ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र जोड्न सक्यो।

काठमाडौंलाई सस्तोमा समेट्न सुबोध भाटीले चार , ललित राजबंशीले र महबुब आलमले दुई विकेट लिए।

काठमाडौंका लागि अमित श्रेष्ठले २७, अक्सु फर्नान्डोले १५ र सोमपाल कामीले १४ रनको योगदान गरे।

भारतिय खेलाडी सुबोधले ३.३ ओभरमा १४र ललितले चार ओभरमा १४ रन खर्चिए । प्रतियोगितामा ६ टोली सहभागी छन्।

 

 

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्