कांग्रेस पराजयको ‘पोस्टमार्टम’मा युवा नेताहरु

काठमाडौं-चुनावमा पराजय भोगेको नेपाली कांग्रेसलाई कसरी सशक्त, जवाफदेही र प्रभावकारी बनाउने भन्ने उद्देश्य सहित पार्टीका दोस्रो पुस्ताका नेताहरुले तीव्ररुपमा छलफल अघि बढाएका छन् ।

बुुधबारदेखि छलफल अघि बढाएका उनीहरु अपरान्ह बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा भेला भएका छन्।

गोप्य भनिएको उक्त भेलाबारे जानकारी बाहिर ल्याइएको छैन ।

भेलामा सहभागि एक नेताका अनुसार गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार लगायत पार्टीका केन्द्रीय सदस्य सहभागी छन्।

नेतृत्वको कार्यशैलीसहित पार्टी पराजयका लागि अन्य केके कारण जिम्मेवार छन् त्यसबारे वृहत छलफल हुने ती नेताले बताए।

‘संविधान आफ्‍नै नेतृत्वमा जारी गरेको पार्टी किन यो अवस्थामा पुग्‍यो त्यसबारे स्पस्ट धारणा बनाएर पार्टी नेतृत्वलाई अबगत गराउनेछौ।’ बैठकमा सहभागी नेता चन्द्र भण्डारीले बताए।

यो पनि हेर्नुहोस्:

युवा नेता विश्वप्रकाश शर्मा पराजित

 

 

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्