चौधरी काठमाडौं भित्रने आंशकामा प्रहरी हाइअलर्टमा

रेशम चौधरी।

काठमाडौं– टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरी प्रतिनिधिसभाको बैठकमा भाग लिन काठमाडौं भित्रने आशंकामा काठमाडौं प्रहरी र मातहतका युनिटहरु हाइअलर्टमा बसेका छन्।

पुस १ गते कैलाली जिल्ला प्रहरी कार्यालयले सबै जिल्ला कार्यलयलाई पत्र लेख्दै चौधरी पक्राउ गर्न आग्रह गरेको थियो। चौधरीको मुद्धा कैलाली जिल्ला प्रहरी कार्यालयमा दर्ता छ।

कैलाली प्रहरीको पत्र प्राप्त भएपछि काठमाडौं प्रहरी परिसरले केही दिनअघि मातहतका सबै युनिटलाई पत्र लेखेको छ। ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा संसद बैठक बस्ने भएकाले विशेषत: बानेश्वर प्रहरी वृत्त र सिंहदरबार प्रहरी वृत्त यसमा बढी अलर्टमा बस्नुपर्छ। अन्य युनिटले पनि आफ्नो काम गरिरहेकै हुन्छन्’, काठमाडौं परिसर स्रोतले भन्यो।

संसद बैठक कहिले बस्नेभन्ने टुंगो लागेको छैन ।

यो पनि हेर्नुहोस्:

पूर्वमन्त्री चौधरीसहित १२ जनालाई १५ वर्ष निष्कासन

रेशम चौधरीको अभियोगपत्र मगाउन सर्वोच्चको आदेश

पुस ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्