डा. केसीका पक्षमा सडकबाट चर्किँदै जनदबाब

डा. गोविन्द केसी पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गर्दै समर्थक युवाहरु। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार

काठमाडौं- डा.गोविन्द केसी मानहानी प्रकरणमा अदालत समक्ष उनलाई उपस्थित गराउँदा एकातर्फ सर्वोच्च न्यायलयको मुखै अघिल्लतिर केसीको पक्षमा पुसको चिसो सडक तात्दै थियो। अभूतपूर्वरुपमा गृहमन्त्री समेतको पदभार सम्हालेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले डा. केसीको गिरफ्तारीप्रति अप्रश्नता व्यक्त गरेपछि सर्वोच्च अदालत अर्कोतर्फ एक्लिदै थियो।

सर्वोच्च त्यसरी एक्लिदै जाँदा सडकबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता गगन कुमार थापा र साझा विवेकशिल पार्टीका नेता रविन्द्र मिश्रले छेउबाटै त्यही सर्वोच्चलाई औला ठडाए,‘डा. केसीको चाहना सर्वोच्चको सम्मान हो अपमान होइन’दूधको दूध

सर्वोच्चले ९ बजे नै अर्थात सामान्यतया अदालतको कामकारवाही सुरु हुनु भन्दा पहिले नै डा. केसीलाई उपस्थित गराउन आदेश दिएको प्रतिक्रिया स्वरुप त्यो भन्दा पहिले नै उनका समर्थकहरु माइतीघर मण्डलामा एकैवद्धतामा जम्मा हुन थाले।

पूर्व प्रधानमन्त्री भट्टराईले डा. केसीलाई अनामनगर प्रहरी वृतको हिरासतमा रहेका डा. केसीलाई भेटी सिधै विरोध प्रर्दशनस्थल माइतघर मण्डला पुगे । आफ्नो छोटो प्रतिक्रियामा उनले भने,‘ सर्वोच्चलाई हैन डा. केसीलाई अपमान भएको छ। अपराध गरे जस्तो रातारात कसैलाई पनि यस्तो गर्नु हुन्न । झन डा. केसी त सबैका लागि लड्दै आउनु भएको व्यक्ति हो।’

प्रर्दशनस्थलमा जम्मा भएका वक्ताहरुको आपत्ती सत्याहग्रहमा रहेका डा. केसीलाई अपहरणको शैली र अपमानित ढंगबाट पक्राउन गर्नुमा थियो।

पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले त डा. केसीको तत्काल रिहाको माग गर्दै यदि डा. केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई लागोस त्यो मानहानीको सामना गर्न हामी सबै तयार छौं।’ थापाले चुनौति शैलीमा प्रधान न्यायधिशलाई लक्षित गर्दै भने,‘दूधको दूधको पानीको पानी छुट्याउ अर्थात अप्रत्यक्षरुपले डा. केसीले प्रधान न्यायाधिशमाथि ‘मेडिकल माफिया’ को मतियार भएको लगाएको आरोपको छानविनको अनुमोदन उनले गरे।

पूर्व प्रधानमन्त्री भट्टराईले डा. केसीको समग्र जीवनलाई हेर्दा उनले कुन भाषा प्रयोग गरे भन्दा पनि कुन व्यथाले छट्पटाई रहेका छन् त्यो बुझ्नु आवश्यक भएको स्पष्ट पारे। ‘मेरो अदालतको सम्मान कायम होस भन्ने लडाई हो,’डा. केसीलाई उद्धित गर्दै भट्टराईले भने ।’ साझा विवेकशिल पार्टीका नेता रविन्द्र मिश्रले स्वतन्त्र अभिव्यक्तिलाई कुण्ठित पार्ने प्रयास भएको बताए। ‘जनताको हितमा लड्दा लड्दै दिएको अभिव्यक्तिको आधारमा डा. केसीलाई पक्राउ गर्नु अति नै निन्दनीय छ। उहाँलाई तुरुन्त रिहा गरिनु पर्छ। अदालतका विगतका फैसालमा कसैलाई मानहानी नहुने तर उहाँलाई मात्र कसरी भयो? मिश्रले सोधे’

प्रर्दशनीमा ‘निमुखाको न्याय समानता र आत्मसम्मान विरुद्धको यो हुकुमले अपमान कसको हुन्छ श्रीमन ?, सम्मान त आत्मैदेखि पो हुनुपर्छ श्रीमान ? न्यायालय खोई, आई एम वीद डा. केसी लागयत लेखिएको प्लेकार्ड र व्यानर बोकेका युवाहरुको ठेलमठेल थियो।

अनशनका बेला अक्सिजन लिइरहेको माक्स सहितको फोटो सहितको व्यानरमा डा. केसीलाई निस्टा र इमान्दारिताको प्रतिक भन्दै वरणन गरिएको व्यानर प्रर्दशन गरिएको थियो। सार्वजनिक जीवनमा भ्रष्टाचार विरोधी प्रद्धिवद्धता बोकेका युवाहरु पनि प्रशस्त भेटिए।

डा. केसीको पक्राउ विरुद्धमा हिजो नै होमिएका चिकित्सकहरु पनि प्रर्दशनीमा सामेल भए। वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तले जीवनभर सेवामा खटिएको र गरिबका लागि लडेका डा. केसीमाथि अदालतले ठूलो अपमान गरेको भन्दै त्यसको निन्दा गरे।

प्रर्दशन अनियन्त्री र हिंसात्मक नहोस भन्ने उद्देश्यका प्रहरी प्रशासनले प्रर्दशनी स्थल मण्डलामा केसी समर्थक पुग्‍नु पहिले नै वाख्लो सख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। सुरक्षाकर्मीको घेराबन्दीमा सिमित रहेर केसी समर्थक नाराबाजी गरिरहे अन्तसम्म।

यो पनि पढ्‍नुस्..

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

पुस २५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्