पर्यटन बोर्डका तत्कालीन प्रमुख सुवास निरौलालाई सात वर्ष कैद

काठमाडौँ- विशेष अदालतले बिहीबार नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख सुवास निरौलालाई सात वर्ष कैद सजाय, ८० लाख जरिवाना र ५४ लाख बिगो भराउने फैसला गरेको छ।

अदालतले निरौलालाई सात वर्ष कैदसँगै ८० लाख ५१ हजार ३ सय ३२ रुपैयाँ जरिवाना र ५४ लाख ५९ हजार ७ सय २३ रुपैयाँ बिगो भराउने फैसला गरेको हो।

त्यस्तै, पर्यटन बोर्डका तत्कालीन लेखा प्रमुख अनिल दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ रुपैयाँ जरिवाना र २४ लाख ३७ हजार ४ सय १४ बिगो भराउने फैसला गरेको छ।

त्यस्तै पर्यटन व्यवसायी महिन्द्र खनाललाई १ लाख ५४ हजार २ सय २४ रुपैयाँ जरिवाना र त्यत्ति नै बिगो भराउने फैसला पनि विशेष अदालतले गरेको छ।

विशेष अदालतले जम्मा १ करोड ३२ लाख ३४ हजार ६ सय १० रुपैयाँ जरिवाना र ८० लाख ५१ हजार ३ सय ६२ रुपैयाँ बिगो भराउने फैसला बिहीबार गरेको हो।

फाल्गुन १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्