गाई मारेको अभियोगमा खत्री पक्राउ

अर्घाखाँची-भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटेर मारेको अभियोग खत्रीलाई लागेको छ ।

फाल्गुन १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्