विमानमा ३७ पुरुष, २८ महिला र २ बालबालिका थिए

काठमाडौँ- युएस बांग्ला एयरको ढाकाबाट काठमाडौँ आएको विमानमा चालकदलका ४ सहित ७१ यात्रु थिए।

विमानस्थल कार्यालयका अनुसार विमानमा ३७ पुरुष, २८ महिला, २ जना बालबालिका र चालकदलका ४ जना सदस्य थिए।

विमान पूर्ण रुपले ध्वस्त हुँदा ठूलो संख्यामा यात्रुले ज्यान गुमाएका छन्। चार अस्पतालमा गरी २७ यात्रुको उपचार भइरहेको छ।

फाल्गुन २८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्