प्रधानन्यायाधीश पराजुलीले पेशी तोके, चोलेन्द्र इजलासमा परेनन्

काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतमा मंगलबार हुने विभिन्न मुद्दाको सुनुवाईका लागि इजलास तोकेका छन् । तर उनले न्यायाधीश चोलेन्द्रशमशेर जबराई कुनै पनि मुद्दाको सुनुवाईका लागि पेशी दिएका छैनन् ।

न्यायाधीश जबराले सोमबार अदालतको मानहानी सम्बन्धी कान्तिपुर र डा. गोविन्द केसी सम्बन्धी मुद्दामा आफू इजलासमा नबस्ने बताएका थिए ।

नागरिकतामा भएको जन्ममिति अनुसार प्रधानन्यायाधीशको समयावधि गएको साउनमा नै सकिएकाले आफू उनले तोकेको इजलासमा नबस्ने भन्दै जबराले सुनुवाई बहिष्कार गरेका थिए ।

न्यायाधीश जबरा कान्तिपुर तथा डा. केसी सम्बन्धी मुद्दामा सर्वोच्चले तोकेको सातजनाको वृहत इजलासमा थिए । तर उनले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नमान्ने भन्दै सुनुवाई बहिष्कार गरेका हुन् ।

प्रधानन्यायाधीश पराजुलीले मंगलबारका लागि विभिन्न मुद्दाको पेशी तोक्दा जबरालाई कुनै पनि इजलासमा नराखेका हुन् ।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्