राप्रपाद्वारा राष्ट्रपतिमा भण्डारीलाई समर्थन

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गरेको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै राष्ट्रिय हित तथा राष्ट्रिय एकताका लागि भण्डारीको पक्षमा पार्टीले मतदान गर्ने भनिएको छ।

मुलुकको सामाजिक सद्भाव एवं प्रजातन्त्रको संरक्षण तथा संवद्र्धनमा राष्ट्रपतिबाट संयोजनकारी भूमिकाको पार्टीले अपेक्षा गरेको जनाइएको छ।

उक्त पार्टीका तर्फबाट प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन गरी चारजना सदस्य मतदाता छन्।

फाल्गुन २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्