रामबहादुर बम्जनको आश्रममा प्रहरी छापा

फाइल तस्बिर

काठमाडौँ – तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले शुक्रबार बिहान छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीले बम्जनको आश्रममा खानतलासी गरिएको र आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।

बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएको खबर हालै मात्र सावर्वजनिक भएको थियो ।

पुस २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्