‘तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’

चितवन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताएका छन् ।
भरतपुर महानगरपालिका–२४ को नयाँ बस्तीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश अराजकताको भुमरीबाट उठाउन र नौ नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि पनि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धनको गरिएको जिकिर गरे ।
उनले भने, ‘वाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुशी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने काँग्रेसभित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्ति पनि खुशी छन् ।’
देवीचोक र दीपचोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले कम्युनिष्ट सरकार आएपछि देश विकासले गति लिने जिकिर गरे। सो क्रममा विभिन्न दल छाडेर माओवादी केन्द्रमा आएका कार्यकर्तालाई स्वागत गरिएको थियो ।
यो पनि हेर्नुहोस्:
‘नत्र हिजो राजाले, कांग्रेसले लुटेका थिए, अब बामहरुले लुट्नेछन्’