आफू पनि भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्‍न: रक्षामन्त्री

रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार भीमसेनदास प्रधान चुनावी अभियानपछि तस्बिर खिचाउँदै। तस्बिर: प्रधानको फेसबुकबाट

काठमाडौँ- रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदस्य‍ उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताएका छन् ।

चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने बताउँदै भने, ‘सुशासन, समृद्धि, स्थायी सरकार र  भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा हो, त्यसका लागि म प्रतिबद्ध छु ।’’

उनकोले सडक मर्मत गर्ने, आफ्नो क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार र स्तरोन्नति गर्दै विद्यार्थीको विकासका लागि मिलेर काम गर्ने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए ।

नेता प्रधानले विसं २०७० को संविधानसभा निर्वाचनमा नेकपा(एमाले)का उम्मेदवार योगेश भट्टराईलाई पराजित गरेका थिए। यस पटक यर्हाँ  वाम गठबन्धनका तर्फबाट भक्कु सुवेदी प्रतिस्पर्धामा छन्। क्षेत्र नं ६ मा करिब ५८ हजार मतदाता छन् ।

 

 

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्