बम र हतियारले देशलाई फाइदा गर्दैन: नेता पुन

दाङ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताएका छन्।

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजो सँगै हतियार उठाएका मित्र(नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गरे ।

‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ’, उनले भने ।नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको भनी उनकोले चिन्ता व्यक्त गरे ।

‘नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्,’ पुनले भने, ‘हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्‍न सुरु भएको छ । यो राजनीतिक काम भएन ।’ सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भनी पुनले आक्रोश व्यक्त गरे । रासस

यो पनि हेर्नुहोस्:

शृंखलाबद्ध विस्फोटमा कसको हात ?

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्