विस्फोटक पदार्थसहित भारतीय पक्राउ

साङ्केतिक तस्बिर
काठमाडौं- विस्फोटक पदार्थसहित काठमाडौं आउँदै गरेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
आसाम सिमलटापुका २३ वर्षीय राजु विश्वास र पश्चिम बंगालका ३० वर्षीय मोहम्मद फरमान अली धादिङको नौबिसेबाट पक्राउ परेका हुन् ।
काँकटभिट्टाबाट आएको यात्रुबाहक बसलाई जाँच गर्दा उनीहरुको साथबाट दुई केजीको प्रेसर कुकर, एक फिट तार र दुई वटा सकेट बम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।
पक्राउ परेका दुवै भारतीय धादिङ प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।