थिमिमा बम भटियो, सेनाको टोलीद्वारा डिस्पोज

भक्तपुर-मध्यपुरथिमि नगरपालिका–४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि पाखोमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

आज बिहान ‘खतरा’ लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसीभित्र ‘खतरा’ लेखिएर राखेको शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो ।

स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चार घण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोज गरेको हो । स्थानीयलाई आतंकित पार्ने प्रयासस्वरुप विद्यालयको पछाडि पाखोमा विस्फोटक पदार्थ राखिएको पाइएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस्:

मनमैँजुमा राखेको बम यसरी डिस्पोज गरियो

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्