ग्राहकको चेक आफ्नै खातामा जम्मा

काठमाडौं- ग्राहकको चेक आफ्नै खातामा जम्मा गरेको आरोपमा कृषि विकास बैंक, रामशाहपथमा कार्यरत टेलर दीपिका रेग्मी पक्राउ परेकी छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि उनी पक्राउ परेकी हुन्।

रेग्मी ग्राहकले जम्मा गर्न ल्याएर्को अकाउन्ट पे चेक’ सम्बन्धित ब्यक्तिको खातामा पनि जम्मा गर्थिन साथै आफ्नो र आफूले रुचाईएका ब्यक्तिका खातामा पनि । आफूले रुचाईएका व्‍यक्तिका खातामा जम्मा गरिएको पैसा बापत उनले सुनका गरगहना पनि पाउँथिन् । उनलाई लाग्थ्यो, उनको यो कर्तुत बैंकले थाहा पाउने छैन । तर करिब चार करोड पैसा हिनामिना भएको चालपाए पछि बैंक झस्कियो।

यसरी बैकले आफ्नो मोटो रकम हराएको थाहा पाएपछि प्रहरीमा उजुरी गर्‍यो । सीआईबीले यसबारे अनुसन्धान गरेपछि दीपिकाको कर्तुत बाहिर आएको हो । सीआईबीले दिपिकासहित उनले पैसा जम्मा गरि दिएका तेह्रथुम सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र दोलखा भिमेश्‍वरका ४२ वर्षिय रमेश कुमार थापा  पनि पक्राउ परेको जनाएको छ। दिपिकाले ग्राहकबाट आएको चेकको पैसा जम्मा गरेपछि सोही चेकबाट आफू , प्रकाश र रमेशको खातामा पैसा जम्मा गर्ने गरेको सीआईबीको दाबी छ ।

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्