मेरो बर्खास्तगी असम्वैधानिक -लामा

रेशम लामाको फेसबुकबाट

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राज्यमन्त्री रहेका रेशम लामालाई बर्खास्त गर्न पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेलगत्तै लामाले त्यो कदम अनुचित, असम्वैधानिक र बद्‌नियतपूर्ण रहेको बताएका छन्।

पार्टीको महासचिवसहित रहेका लामाले भने हचुवाका भरमा कुनै प्रक्रियाबिना स्पष्टीकरणसमेत नसोधी ‘बर्खास्त गर्न’ दिइएको आदेश कानुनसम्मत नरहेको बताएका छन् । ‘त्यसलाई अस्वीकार गर्न म प्रधानमन्त्रीसँग आग्रह गर्दछु,’लामाले देशसञ्‍चारसँग भने।

उनका अनुसार पार्टीको काभ्रे जिल्ला समितिले एमालेलाई समर्थन गर्ने निर्णय गर्छ भने त्यो समितिको अधिकार हो। ‘राष्ट्रिय नेतृत्वमा अध्यक्षको तहबाट राप्रपाले काभ्रेमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयबारे कुनै औपचारिक जानकारी गराइएको छैन,’ लामाले भने।

 

 

 

मंसिर १६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्