पीएसजीको पहिलो हारमा नेमार र काभानी स्तब्ध

पेरिस- फ्रान्सको घरेलु फुटबल लिगमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले यो सिजन पहिलो हार व्‍यहोरेको छ । यो सिजन ब्राजिलियन स्टार नेमारलाई आबद्ध गरेसँगैं थप चर्चामा रहेको पीएसजी शनिबार राति भएको खेलमा स्ट्रासबर्गसँग २–१ गोलले पराजित भयो।

पहिलो हारविपक्षीको मैदानमा उत्रिएको पीएसजीले खेलको सुरुवातमै पछाडि परेको थियो । घरेलु टोलीकाजोइयानुनो दा कोस्टाले १३ औं मिनेटमा गोल गरेकाथिए । एमबाप्पेले ४२ औं मिनेटमा गोल फर्काएपछि पीएसजीले पहिलो हाफमा खेल बराबरीमा ल्याएको थियो ।तर दोस्रो हाफको मध्यतिर स्ट्रासबर्गका स्टेफेन बाहोकेनले गोल गरी टोलीलाई अग्रतादिलाए । फ्रान्सका २५ वर्षिय स्ट्राइकर बाहोकेनले ६५ औं मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफको इन्जुरी समयमा नेमारले पहेंलो कार्ड पाएका थिए ।

पहिलो हारघरेलु लिगमा गत सिजन उपाधि गुमाउनु अघि लगातार चार सिजन पीएसजी यो प्रतियोगिताको विजेता बनेको थियो । ज्लाटन इब्राहिमोभिच म्यानचेस्टर युनाइटेड गएपछि केही सुस्ताएको पीएसजी यो सिजन नेमार र एडिन्सन काभानीका कारण चर्चामा छ । शनिबार रातिको खेल हारेपछि पीएसजी तालिकाको शीर्ष स्थानमा छ ।

पहिलो हारपीएसजीले १६ खेलबाट १३ जित, दुई बराबरी र एक हारको नतिजासहित ४१ अंकजोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको मोनाकोले १६ खेलबाट ३२ अंकजोडेको छ । पीएसजी आफ्नो घरेलु लिगमा एक मात्र अपराजित टोली थियो । पीएसजीलाई पराजित गरेको स्ट्रासबास यो सिजन घरेलु लिगमा १६ खेलबाट १८ अंकजोडेर १६ औं स्थानमा छ।

पहिलो हारयो सिजन घरेलु लिगमा काभानी १७ गोलसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्ष स्थानमा छन्। नेमारले पनि ९ गोल गरिसकेका छन्। नेमारभन्दा अगाडि रहेका मोनाकोका राडामेल फाल्काओले १४ तथा लियोनका मारियानो डियाज र नाबिलफाकिरले ११/११ गोल गरेका छन् । पीएसजीले कीर्तिमानी स्थानान्तरण मुल्यमा नेमारलाई बार्सिलोनाबाट भित्र्याएको हो।

पहिलो हार

मंसिर १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्