दोहोरो शतकमा कोहलीको कीर्तिमान

नयाँ दिल्ली- विराट कोहली कप्तानका रुपमा सर्वाधिक दोहोरो सतक बनाउने क्रिकेटर बनेका छन् । श्रीलंकाविरुद्धको तेस्रो टेस्टको पहिलो पालीमा दोहोरो सतक बनाएपछि कोहलीले यो सफलता हात पारेका हुन्। कोहलीले टेस्ट क्रिकेटमा छैटौं दोहोरो सतक बनाएका छन् ।

यसअघि यो कीर्तिमान वेष्ट इन्डिजका पुर्व कप्तान ब्रायन लाराको नाममा थियो । लाराले कप्तानका रुपमा ६ वटा दोहोरो सतक बनाएका थिए । कोहलीले जारी शृंखलाको पहिलो खेलमा सतक र दोस्रो खेलको पहिलो पालीमा दोहोरो सतक बनाएका थिए ।

तीन खेलको टेस्ट शृंखलामा तीन वटा सतक बनाउने उनी पहिलो कप्तान पनि बनेका छन् ।भारतका विरेन्द्र सेहवाग र सचिन तेन्दुलकरले पनि टेस्ट क्रिकेटमा समान ६ वटा दोहोरो शतक बनाएका छन् । सेहवागले चार दोहोरो र दुई वटा तेहोरो सतक बनाएका छन् ।

टेस्ट क्रिकेटमा सर्वाधिक दोहोरो सतक बनाउने कीर्तिमान भने-स्टेलियाका ब्राडम्यानको नाममा छ । ब्राडम्यानले १२ वटा दोहोरो सतक बनाएका छन् । श्रीलंकाका कुमार सांगाकाराले पनि ११ वटा दोहोरो सतक बनाएका छन् । लाराले नौ तथा इंल्यान्डका वाल्ली हेम्मन्ड र श्रीलंकाका माहेला जयाबर्द्धनेले समान सात सात वटा दोहोरो सतक बनाएका छन् ।

उनले जारी श्रीखंलाको पहिलो खेलमा सतक बनाउँदैं सिनियर अन्तर्राष्टिय क्रिकेटमा ५० सतकको कोशेढुंगा पार गरेका थिए । २९ वर्षीय कोहलीले टेस्टमा २० र एकदिवशिय अन्तर्राष्टियमा ३२ वटा सतक बनाएका छन् ।

कोहलीले भारतिय टेस्ट टोलीको कप्तानी सम्हालेयता एउटा पनि शृ्.खला हारेका छैनन् । जारी शृंखलामा पनि भारत १–० ले अगाडि छ । तेस्रो टेस्टमा भारतले ६ विकेटको क्षतीमा पाँच सय २२ रन जोडेपछि पहिलो पाली समाप्तीको घोषणा गरेको छ । कोहली दुई सय ४१ रनमा अविजित रहे ।

मंसिर १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्