शीतकालमा बेइजिङको वायु प्रदुषणमा उल्लेखनीय कमी

बेइजिङ- बेइजिङमा वायु प्रदुषणमा यस बर्षको शीतकालमा उल्लेखनीय रूपमा कमी आएको र चिनियाँ राजधानीले यस बर्षको वायु प्रदुषण नियन्त्रण लक्ष्यलाई हाँसिल गर्न सफल हुने देखिएको चिनको वातावरण मन्त्रालयले जनाएको छ ।

वातावरण संरक्षण मन्त्री ली गान्जियाले हुईझाउमा भएको वातावरणसम्वन्धि एक कार्यक्रमका सहभागीलाई भन्नुभयो, बेइजिङको वायुमा पाइने धुलोको कणको मापन २.५ तहमा आएको बताउनुभयो । यो गत बर्षको मार्चदेखि नोभेम्बरको समयको तुलनामा यस बर्षको सोही अवधिमा २७ प्रतिशत कमी हो ।

बेइजिङमा शीतकालिन महिनामा वायुप्रदुषणको मात्रामा नराम्ररी बढ्ने गर्दछ । सरकारले राजधानी लगायतका शहरमा वायुप्रदुषणको समस्या निकै सङ्कटोन्मुख दिशातर्फ जानथाले पछि यसको कारक मानिने कलकारखाना बन्द गर्ने तथा कोइलाको प्रयोगमा नियन्त्रण गर्ने लगायतका उपाय लिएको थियो ।

मंसिर १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्