‘मैले भेटेमध्ये शशि कपुर सबैभन्दा सुन्दर थिए’

काठमाडौं- बलिउड सिनेमामा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनीषा कोइरालाले अभिनेता शशि कपुरको निधन भारतीय सिनेउद्योगका लागि ठूलो क्षति भएको बताएकी छन्।
उनले देशसञ्चारसँगको कुराकानीमा अभिनेता कपुरको निकै सराहना गरिन्।
‘उहाँका योगदानहरु उत्कृष्ट छन्, चाहे त्यो सिनेमा होस्, या रंगमञ्चमा। मैले चिनेका अभिनेतामध्ये उहाँ सबैभन्दा सुन्दर व्यक्ति हुनुहुन्थ्यो,’ मनीषाले भनिन्। उनले शशि कपुरसँग भेटेका थुप्रै क्षणहरुको स्मरणसमेत गरिन्।
I met Shashji on various occasions, especially in Prithvi theatre and he was the most handsome actor I knew. He… https://t.co/xkPPBrZUf2
— Manisha Koirala (@mkoirala) December 4, 2017
‘मैले अनेकौं अवसरमा उहाँसँग भेट्ने मौका पाएँ, खासगरी पृथ्वी थिएटरमा,’ उनले सम्झिन्, ‘पश्चिमी पहिरनमा मलाई देख्दा उहाँ आफ्नै पारम्पारिक पहिरन लगाउन सल्लाह दिनुहुन्थ्यो।’