बाँकेस्थित नेपाल-भारत सीमा नाका बन्द

नेपालगन्ज- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँके जिल्लाको नेपाल–भारत सीमा नाका सोमबार राति १२ बजेदेखि बन्द भएको छ ।

दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गतेसम्म जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिने प्रजिअ रमेशकुमार केसीले जानकारी दिए।

उनका अनुसार त्यस अवधिभर जिल्लाका राधापुरदेखि सुइया बघौडासम्मको ६५ किमी क्षेत्रअन्तर्गतका सबै साना र ठूला सीमा क्षेत्रबाट सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज लगाइएको छ ।

मंसिर १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्