यी हुन् च्याम्पियन्स लिगका अपराजित टोली

लन्डन-जारी युरोपियन च्याम्पियन्स लिगको समूह चरणका अन्तिम खेलहरु मंगलबार सुरु हुँदैछन् । छैटौं तथा अन्तिम चरणको खेलमा मंगलबार १६ र बुधबार १६ टोली भिड्नेछन् ।

यसबाटप्रतियोगिताको प्रिक्वार्टरफाइनल समिकरण पनि पूरा हुने छ । फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी), जर्मनीको बायर्न म्युनिख , इङ्ल्यान्डको चेल्सी, टोट्टनहाम र म्यानचेस्टर सिटी , स्पेनको बार्सिलोना र रियल म्याडिड र टर्कीको बेसिक्टासको अन्तिम १६को यात्रानिश्चितभई सकेको छ । छैटौं तथा अन्तिम चरणको खेलबाट अगाडि बढ्ने थप आठ टोलीको टुंगो लाग्‍ने छ ।

प्रतियोगिताको यो सिजन पीएसजी, बार्सिलोना, लिभरपुल, म्यानचेस्टर सिटी, बेसिक्टास र टोट्टनहामअपराजित छन् । पीएसजी, बार्सिलोना र म्यानचेस्टर सिटी घरेलु लिगमापनिअपराजित छन् जसमध्ये बार्सिलोना र म्यान सिटी घरेलु लिगको अंक तालिकामा शिर्ष स्थानमा छन् ।

च्याम्पियन्स लिगको मंगलबार राति हुने खेलमा समूह ‘ए’अन्तर्गत म्यानचेस्टर युनाइटेडले सीएसकेए मस्को तथा बासेलले बेनफिकाको सामना गर्ने छ । पाँच खेलपछि म्यान युनाइटेडको १२ तथा मस्को र बासेलको समान नौ अंक छ । म्यानचेस्टर युनाइटेड कम्तिमा सात गोल अन्तरमा पराजित भएमा र बासेलले अर्को खेल जितेमा मात्र म्यान युनाइटेड अगाडि बढ्न सक्ने छैन । म्यान युनाइटेडले मस्कोसँग यसअघि खेलेका १२ खेलमा केवल एउटामा मात्र हार ब्यहारेको छ।

स्विस क्लब बासेलले यसअघि घरेलु मैदानमा बेनफिकालाई ५–० गोलले हराएको थियो । बेनफिकाविरुद्ध बासेलले जित हात पारेको यो नै पहिलो पटक थियो । मंगलबार राति बासेलविरुद्ध पराजित भए बेनफिका युरोपियन च्याम्पियन्स लिगको समूहगत चरणमा सबै खेलमा हार ब्यहोर्ने पहिलो पोर्चुगाली क्लब बन्‍ने छ भने च्याम्पियन्स लिग इतिहासमा २० औं टोली ।बासेलले अघिल्लो खेलमा म्यान युनाइटेडलाई हराएको थियो । मंगलबार नै हुने समूहबीको खेलमा पीएसजीले बायर्न र सेल्टिकले एच्डरलेच्‍नको सामना गर्ने छ ।

घरेलु लिगमा केही दिनअघि मात्र अपराजित यात्रा तोडिएको पीएसजी बायर्नलाई हराएर समूह विजेता बन्‍ने प्रयासमा छ । समूहमा पाँच खेलपछि पीएसजीको १५, बायर्नको १२ र सेल्टिकको तीन अंक छ भने एन्डरलेच्टले खाता खोल्न सकेको छैन ।यसअघि पीएसजीको मैदानमा भएको खेलमा बायर्न ३–० गोलले पराजित भएको थियो जुन नतिजाले बायर्नका प्रशिक्षक कार्लोस एन्सलोट्टी बर्खास्तीमा परेकाथिए । पीएसजी र बायर्नबीच हालसम्म सात पटक भिडन्त भएको छ जसमा पीएसजीले पाँचजित र दुई हारको नतिजा निकालेको छ।

मंगलबार हुने समुह सीको खेलमा चेल्सीले एट्लेटिको म्याड्रिड तथा एएस रोमाले क्वाराबागको सामानागर्ने छ । पाँच खेलपछि चेल्सीको १०, रोमाको आठ र म्याड्रिडको ६ अंक छ भने क्वाराबागले खाताखोल्न सकेको छैन । यो सिजन घरेलु लिगमाअपराजित रहेको म्याड्रिडको च्याम्पियन्स लिगमा अगाडि बढ्ने सम्भावनाझिनो छ । म्याड्रिडले चेल्सीलाई हराएर मात्रपुग्दैन र रोमाले क्वाराबागसँग पराजितहुनुपर्ने छ ।

बार्सिलोना र स्पोर्टिङ तथायुभेन्ट्स र ओलिमपियाकोस पिरायुसबीच पनि मंगलबार नै प्रतिस्पर्धा हुँदै छ । समूह डीमा पाँच खेलपछि बार्सिलोनाको ११, युभेन्ट्सको आठ, स्पोर्टिङको सात र पिरायुसको एक अंक छ। बार्सिलोनालाई हराएमामात्र स्पोर्टिङको अगाडि बढ्ने सम्भावना छ तर अर्को खेलमायुभेन्ट्स पराजितहुनुपर्ने छ ।

बार्सिलोनाले घरेलु लिग र युरोपियन च्याम्पियन्स लिगदुवैमा पछिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको छ। बार्सिलोनाले स्पेनिस सुपर कपमा रियल म्याड्रिडसँग हार ब्यहोरे यता कुनै खेल पनि हारेको छैन । यसैगरी बार्सिलोनाले सन् २०१३ यता युरोपियन च्याम्पियन्स लिगका ‘होम’ खेलमा हार ब्यहोरेको छैन।

मंसिर १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्