उपत्‍यकामा ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौँ-पर्याप्त जनशक्ति अभावका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। यही मंसिर २१ गतेको निर्वाचनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत कार्यरत अधिकृतदेखि जवानसम्म खटिएपछि व्यवस्थापनमा समस्या देखिएको हो।

प्रहरी प्रधान कार्यालयले निर्वाचनको सुरक्षाका लागि ट्राफिक प्रहरीहरुलाई महाशाखा काठमाडौँ, भक्तपुर, ललितपुर, महोत्तरी, धनुषा, रुपन्देही, नवलपरासी र काभ्रेपलाञ्चोक खटाएपछि उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या परेको हो।

महाशाखामा रहेका एक हजार ३२२ जनशक्तिमध्ये ९५० जनशक्ति निर्वाचनमा खटिएका छन् । काठमाडौँ उपत्यकामा हाल १० लाखभन्दा बढी सवारीसाधन सञ्‍चालनमा छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल जनशक्तिको अभावका बीच पनि काठमाडौँको ट्राफिक व्यवस्थापनमा कमी हुन नदिइएको बताए। ‘म आफैँ अफिस जाने आउने व्यस्त समयमा सडकमा खटिरहेको छु,’, उनले भने।

मंसिर १९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्