
निर्वाचन हुन केही घन्टामात्र बाँकी छँदा मतदाता आफ्नो जिल्लामा मत हाल्न जान उत्साहित भएका छन्।
काठमाडौंको तीनकुनेबाट बस चढेर घर जान तर्खर गरेका मतदाता यात्रुहरुले बिहीबार हुने निर्वाचनमा मत हाल्ने उत्साह देखाए। ट्राफिक जाम, अफ्ठेरो बाटो र असुरक्षित वातावरणमा कोचाकोच गर्दै यात्रा गर्नु उनीहरुका लागि चुनौतीपूर्ण छ। तर, बल्लबल्ल पाएको मतदान मौका कसरी पो छाड्ने र!