दाङमा मतदान केन्द्रभन्दा एक किलोमटर टाढा विस्फोट

दाङ– दाङ निर्वाचन क्षेत्र नं.१ का दुईवटा मतदान केन्द्रको करिब एक किलोमिटरपर विस्फोट भएको छ। लमही नगरपालिका वडा नं. १ को कार्यालय पश्चिम उत्तर तर्फको क्षेत्रमा बिहान ५ बजेर ५२ मिनेटमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्। यस्तै राप्ती गाउँपालिका वडा नं. ३ श्रीचौरको मतदान केन्द्रदेखि उत्तर जंगलमा विस्फोटक पड्किएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रविन्द्र खड्काले जानकारी दिए ।

‘बिहान ६ बजेको समयमा विस्फोटको आवाज सुनिएको हो,’ खड्काले भने, ‘त्यसले कुनै असर गरेको छैन्, मतदाताहरु उत्साहजनक रुपमा सहभागी भएको पाएका छौं।’ दाङमा निर्वाचन सुरक्षालाई लक्षित गरी ४  हजार १ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्