निर्वाचन बिथोल्न खोज्ने ९ पक्राउ
दाङ– निर्वाचन क्षेत्र नं. १ र ३ को मतदान केन्द्रलाई लक्षित गरी वम विस्फोटमा संलग्न रहेको आशंकामा ९ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ दोघरेनजिक बिहीबार बिहान बम विस्फोट भएको छ। बिहान करिब ६ बजेतिर बम बिस्फोट भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। बिस्फोटबाट कुनै क्षति नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी सुधीरराज शाहीले जानकारी दिए।
दोघरे स्कुलको ४ सय मिटर पूर्वमा रहेको खालि जमिनमा बम बिस्फोेट भएको हो। मतदातालाई तर्साउन विस्फोट गरेको हुनसक्ने उनले बताए। बिस्फोटम संलग्न रहेको आशंकामा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै दाङ निर्वाचन क्षेत्र नं.१ का दुईवटा मतदान केन्द्रको करिब एक किलोमिटरपर पनि विस्फोट भएको छ।