
गगनले भने, अमानवीय कृत्य गर्नेलाई म घृणा गर्छु
काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापाले बिहीबार बिहान मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका छन्।
कानमा लागेको चोटमा लागेको ब्यान्डेजसहित मतदानका लागि आइपुगेका गगनलाई हामीले क्यामरामा कैद गर्यौँ। उनले चुनाव जितेपछि आफूले गर्ने काम र केही दिनअघि प्रचारका क्रममा उनीमाथि भएको आक्रमणबारे बताए।