सीके राउतले भने, ‘निर्वाचन मधेसका लागि मृत्युसमान’

काठमाडौं- निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा स्वतन्त्र मधेश राज्यको माग गर्दै आएका सिके राउतलाई धनुषा प्रहरीले बिहीबार बिहान आफ्नै डेराबाट पक्राउ गरेको छ। राउतले बुधबारमात्र फेसबुक लाइभ भिडियोमार्फत निर्वाचन बहिस्कार गर्न आह्वान गरेका थिए।

वर्तमान संविधानले मधेशी जनतालाई दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरेको आरोप लगाउँदै उनले त्यसमा भनेका थिए, ‘यो आम निर्वाचन होइन, यो मधेशका लागि मृत्यु समान छ। मेरो विश्वास छ, तपाईहरुले यो निर्वाचन बहिस्कार गर्नु हुने छ र यो कालो संविधान पनि खारेज हुने छ।’

संविधानलाई बैधता नदिन मधेशी जनताले ठुलो त्याग र बलिदान गरेको भन्दै उनले निर्वाचन चिह्न अंकित कोठाभन्दा बाहिर छाप लगाएर निर्वाचनलाई अनुमोदन नगर्न आग्रह गरेका थिए।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्