काठमाडौंमा बम पड्काउने मुख्य योजनाकार पक्राउ

काठमाडौं-  काठमाडौंमा शृंखलाबद्ध बम विस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उपत्यका संयोजकसहित सात जना पक्राउ परेका छन्।

प्रहरीको विशेष ब्युरोको टोलीले उक्त पार्टीका उपत्यका युवादस्ता संयोजक रवि गोलेसहित सात जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल र आठ राउन्ड गोली तथा चार वटा लाइभ बम बरामद भएको विशेष ब्युरो स्रोतले जनाएको छ।

गोलेले ती बम धादिङबाट ल्याएको बताएका छन्। गोलेकै योजनामा कांग्रेस नेता गगन थापा लगायतमाथि विस्फोट गराइएको स्रोतले जनाएको छ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्