काठमाडौँ ४५ जिल्लामा भइरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा आज दिउँसो एक बजेसम्म ४० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन शान्तिपूर्णरुपमा सञ्चालन भइरहेको छ। मतदान बिहान ७ बजे सुरु भएको थियो।

आज भइरहेको निर्वाचनमा एक करोड २२ लाख ३५ हजार नौ सय ९३ मतदाताले मतदान गर्दैछन्। दोस्रो चरणको यस निर्वाचनमा प्रतिनिधि सभाका एक सय २८ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एक हजार ६ सय ६३ तथा प्रदेश सभा सदस्यतर्फ दुई सय ५६ क्षेत्रबाट दुई हजार आठ सय १९ उम्मेदवार चुनावी भिडन्तमा उत्रिएका छन्।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्