कैलालीमा ६५ प्रतिशतभन्दा बढी मतदान

कैलालीको एक मतदान केन्द्र। तस्बिर: देश सञ्चार।

कैलालीमा ६५ देखि ६८ प्रतिशतसम्म मतदान भएको क्षेत्रीय निर्वाचन अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिए। उनले कैलाली जिल्लाको मतपेटिका रातभरमा धनगढीमा जम्मा गरी शुक्रबार सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने जानकारी दिए।

उनले प्रदेश नम्बर ७ का ५ जिल्लामा शान्तिपूर्वक मतदान भएको बताए। यसैगरी डडेलधुराका करिब ६५ प्रतिशत मतदान भएको पनि उनले जानकारी दिए। अन्य जिल्लाको विवरण आउने क्रममा रहेको उनले बताए।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्