निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न

काठमाडौं- प्रतिनिधिसभा र प्रदेश सभाका लागि बिहीबार सम्पन्न दोस्रो चरणको निर्वाचन शान्त र व्यवस्थित तरिकाले सम्पन्न भएको निर्वाचन पर्यवेक्षकहरूले जनाएका छन् । छिटफुट घटना भए पनि निर्वाचन सफलताका साथ सम्पन्न भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बताएको छ ।

देश सञ्चारसँग टेलिफोनमा कुराकानी गर्दै समितिका अध्यक्ष एवम् पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठले भने, ‘केही स्थानमा छिटफुट घटना भएको रिपोर्ट आएको छ । तर, त्यसले सिंगो निर्वाचनलाई खासै प्रभाव पार्दैन ।’ उनले शान्तिपूर्ण रूपमै निर्वाचन सफल भएको मान्नुपर्ने धारणा राखे ।

श्रेष्ठका अनुसार नियोकले दुइ हजारभन्दा बढी पर्यवेक्षकहरू खटाएको थियो । उनले मतगणनाको पनि पर्यवेक्षण गरिने बताए ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्