वीरगन्ज-प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताउनुभयो । दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्लाका मतदाताले १७६ मतदानस्थल तथा ३५१ मतदान केन्द्रबाट आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । मतदानपछि आजै अबेर रातिसम्म मतपेटिका सदरमुकाम वीरगञ्ज ल्याइने र शुक्रबार बिहानदेखि मतगणना हुने बताइएको छ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्