दाङमा ६५ देखि ७० प्रतिशत मत खसेको अनुमान
दाङ–दाङमा छिटपुट वम विस्फोटका घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। ३ सय ९४ मतदान केन्द्रमा शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको हो।
मुख्य निर्वाचन अधिकृत न्यायाधीश हेमन्त रावलका अनुसार प्रारम्भिक रिपोर्टका आधारमा दाङमा ६५ देखि ७० प्रतिशत मत खसेको छ। दाङमा ३ लाख ३८ हजार ९ सय ५३ जना मतदाता थिए। मतपेटिका जिल्ला सदरमुकाम घोराहीस्थित भरतपुरमा रहेको पद्मोदय विद्यालयमा लग्न थालिएको छ। जिल्लाको तीन निर्वाचन क्षेत्र र ६ प्रदेशको मतगणना त्यहीँ गरिने छ।