पहिलो चरणका जिल्लामा मतगणना सुरु

सिन्धुपाल्चोकमा मतगणना गर्दै कर्मचारीहरु। तस्बिर: देश सञ्चार
काठमाडौं- पहिलो चरणमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मतगणना सुरु भएको छ।
निर्वाचन आयोगका अनुसार ३२ जिल्लामध्ये अधिकांश जिल्लाको मतगणना सुरु भएको छ। दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगतत्तै गोरखा, सिन्धुपाल्चोक, हुम्ला, ताप्लेजुङ,पाँचथर, पाल्पा, बैतडी, मनाङ, मुस्ताङ, बाजुरा, रुकुम लगायतका जिल्लामा मतगणना सुरु भएको हो।
यस्तै गरी कालिकोटमा समेत मतगणना सुरु भएको छ। मंसिर १० गते सम्पन्न गरेको पहिलो चरणको निर्वाचनपछि आयोगले मत गणनाको लागि मतपेटिका तयारी अवस्थामा राखिएको थियो।