विर्तामोड-प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको विहीबार भएको मतदानमा झापामा ७१.५५ प्रतिशत मतदान भएको छ। मतदानको प्रारम्भिक विवरण अनुसार झापामा उक्त प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आर्चायले जानकारी दिए।

५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा नेपाली कांग्रेस र बाम गठबन्धनकै उम्मेद्वारहरु बीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीका अनुसार मतपेटिका संकलन भइसक्दा आधारात हुने भएकाले शुक्रबार बिहानदेखि मात्र मतगणना शुरु हुनेछ । उनले मतपेटिका संकलन भएपछि दलको बैठक राखेर मतगणना शुरु गरिने जानकारी दिए।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्