चितवन-प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्‍न निर्वाचनमा जिल्लामा ७० प्रतिशत हाराहारी मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले यकिन विवरण आइनसकेको भए पनि प्रारम्भिक विवरणअनुसार ७० प्रतिशत हाराहारी मत खसेको छ। अहिलेसम्मको विवरणअनुसार केही केन्द्रमा बढीमा ७५ प्रतिशतसम्म मत खसेको बताउँदै निर्वाचनका क्रममा कुनै अप्रिय घटना नभएको स्पष्ट गरे।

यसअघि भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको थियो । सोका कारण वडा नं १९ मा पुनः मतदान गर्नुपरेको थियो । सो घटनापछि मतगणनामा देशका विभिन्‍न ठाउँमा तारजाली लगाउने गरिँदै आएको छ ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्