पूर्वी रुकुममा वाम गठबन्धनको अग्रता

रुकुम-पूर्वी रुकुममा वाम गठबन्धनले अग्रता लिएको छ। पहिलो चरणको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मतका साथ अग्रता लिएको छ। यहाँ एक हजार १५९ मतगणना गर्दा उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन्।

यस्तै नयाँ शक्ति नेपाल पार्टीका जीतमान पुनले २३२, नेकपा (माले)का उम्मेदवार मोतीराम खड्काले २७ र मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रतनबहादुर बुढाले छ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए।

यहाँ जम्मा १८ हजार ३१ मत खसेको थियो । पहिले प्रतिनिधिसभाको मतगणना गरेर मात्र प्रदेशसभाको मतगणना शुरु गरिने उनले बताउए। बिहीबार रातभरीमा प्रतिनिधिसभाको मतगणना सम्पन्‍न हुन सक्ने बताइएको छ ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्