महदेवामा गाउँपालिकामा मत खसेन

राजविराज-प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा महदेवा गाउँपालिकाको आधारभूत विद्यालय मतदान केन्द्रमा आज मतदान हुन सकेन ।

बिहान सात बजेदेखि जिल्लाको अन्य मतदान केन्द्रमा मतदान कार्य शुरु भए पनि साँझ ५ बजेसम्म उक्त मतदान केन्द्रमा कुनै पनि मतदाता मतदान गर्न नआएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए।

उक्त मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षा निकाय तथा निर्वाचन सामग्रीको व्यवस्था भए पनि कोही पनि मतदाता नआएका कारण मतदान हुन नसकेको उनले बताए।

डा सिके राउतको गाउँ रहेको सो मतदान केन्द्रमा ९६० मतदाता रहेका थिए ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्