अर्काको मत हाल्न खोज्ने १३ पक्राउ

काठमाडौं- बिहीबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभरबाट १३ जना नक्कली मतदाता पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालयका प्रवक्ता मनोज नेउपानेले अरुको नाममा मत खसाल्ने प्रयास गर्दा उनीहरु पक्राउ परेको जानकारी दिए।

पक्राउ पर्नेमा रौतहटमा ६ , सप्तरीमा ३ तथा बारा, दाङ, पुर्वि नवलपरासी र सर्लाहीमा एक एक जना छन् । बिहीबार नेत्र विप्लब चन्द माओवादीका आठ र सिके राउत समुहतका राउतसहित तीन जना पक्राउ परेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्