दाङ–प्रहरीले दाङमा हवाई फायर गरेको छ। तुलसीपुर उपमहानगरपालिकाको अरनिको मैदानमा मतदान सकिएपछि मतपेटिका बचाउन प्रहरीले हवाइ फायर गरेको हो।

मतदान केन्द्रमा दुई युवाले जबरजस्ती प्रवेश गर्न खोजेपछि युवालाई नियन्त्रण गर्न हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ। यसबारेमा प्रहरीले आधिकारीक धारणा सार्वजनिक गरेको छैन्। ती दुई युवक प्रहरी नियन्त्रणमा छन्।

मंसिर २१, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्