काठमाडौँको मत गन्न सर्वदलीय बैठक सुरु  

काठमाडौँ- दोस्रो चरणमा बिहीबार हिजो सम्पन्न संघीय र प्रान्तीय संसदको निर्वाचनको मतगणना गर्न शुक्रबार बिहान सर्वदलीय बैठक सुरु भएको छ।

काठमाडौंका दसै क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा गरी ३० स्थानको मतगणनाका लागि बबरमहलस्थित जिल्ला समन्वय समितिमा बैठक सुरु भएको हो।

बैठक टुंगिनेबित्तिकै काठमाडौंका १० वटै क्षेत्रका ३० वटै स्थानका लागि मतगणना सुरु हुने बैठकमा उपस्थित एक नेताले जानकारी दिए।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्