कुन प्रदेशमा कसको अग्रता

काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेश सभाको मतगणना जारी छ। बिहीबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतगणना शुक्रबारदेखि गरिँदै छ। मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मत गणना बिहीबारदेखि नै सुरु भएको थियो।

हालसम्म बाम गठबन्धनको पकड बलियो देखिएको छ। बाम गठबन्धनका तर्फबाट नेकपा एमालेले दुई प्रतिनिधिसभा र दुई प्रदेश सभा सिट जितेको छ। यसैगरी माओवादी केन्द्रले एक प्रतिनिधि सभा र नेपाली कांग्रेसले एक प्रदेश सभा जितेको छ। अग्रतामा पनि एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो स्थानमा छन्।

प्रदेश सभाअन्तर्गत प्रदेश नम्बर एकमा एमालेले पाँच, माओवादीले दुई र कांग्रेसले एक स्थानमा अग्रता लिएको छ। प्रदेश नम्बर तीनमा एमालेले चार, माओवादीले चार र कांग्रेसले एक स्थानमा अग्रता लिएको छ। प्रदेश नम्बर चारमा एमालेले तीन स्थानमा अग्रता लिएको छ भने दुई स्थानमा जित हात पारेको छ। कांग्रेसले दुई स्थानमा अग्रता र एक स्थानमा जित हात पारेको छ।

माओवादीले तीन स्थानमा अग्रता लिएको छ। प्रदेश नम्बर पाँचमा माओवादीले दुई स्थानमा अग्रता लिएको छ। यसैगरी प्रदेश नम्बर ६ मा एमालेले चार र माओवादीले दुई स्थानमा अग्रता लिएको छ। प्रदेश नम्बर सातमा एमालेले दुई, कांग्रेसले एक र माओवादीले चार स्थानमा अग्रता लिएको छ। एक सय ६५ प्रतिनिधि सभा तथा तीन सय ३० प्रदेश सभा सिटका लागि निर्वाचन भएको थियो।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्