बाबुरामलाई हजार मतको अग्रता

काठमाडौं- गोर्खा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई करिब एक हजार एक सय मतले पछाडि पारेका हुन् ।

बाबुरामले ६ हजार पाँच सय ३४ मत ल्याएका छन् । बाम गठबन्धनबाट उमेद्वार बनेका श्रेष्ठले ५ हजार ३ सय ९९ मत ल्याएका छन्। जिल्ला निर्वाचन कार्यलयले शुक्रबार बिहान सात बजे पछिल्लो मत परिणाम सार्वजनिक गरेको थियो।

गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारी अगाडि छन् । अधिकारीले ४ हजार नौ सय ३४ मत र कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार दुई सय ७२ मत ल्याएका छन् ।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्