जुम्लामा बाम गठबन्धनको अग्रता

जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा बाम गठबन्धनका उम्मेदवारहरूले अग्रता लिएका छन्।

बिहान साढे आठबजेसम्मको गणनामा प्रतिनिधिसभातर्फ बामगठबन्धनका गजेन्द्र महत ४ हजार ८ सय ७९ मतकासाथ अगाडि छन्। उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका देवेन्द्र शाहीले २ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् भने नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ६ सय ११ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रदेश क मा बाम गठबन्धनका नरेश भण्डारी ५ हजार ८८ मतका साथ अगाडि छन्। उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका राजुसिंह कठायतले ३ हजार ७ सय ५६ मत प्राप्त गरेका छन्। नेमकिपाका उम्मेदवार शिवलाल डाँगीले ३सय ६९ मत मात्र प्राप्त गरेका छन्।

प्रदेश खमा बाम गठबन्धनका पदम रोकाया ५ हजार ८८ मतले अगाडि छन्। उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका भिमनिधी हमालले ३ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् । नेमकिपाका गोर्ख बहादुर बुढाले ३ सय ६९ मत प्राप्त गरेका छन्।

मंसिर २२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्