कैलालीमा तारजालीको माग भएपछि मतगणनामा ढिलाइ
धनगढी- कैलालीका दलहरुले मतगणनास्थलमा तारजाली हुनुपर्ने माग गरेपछि गणनामा ढिलाइ भएको छ।
प्रधानमन्त्री पत्नी उमेद्वार रहेको क्षेत्र नम्बर ५ धनगढीको मतगणनाको सुरक्षाका लागि तारजालीको व्यवस्था हुनुपर्ने माग बामपन्थी दलहरुले गरेका हुन्। क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले तारजालीको व्यवस्थापन गर्नुपर्ने भएपछि मतगणनामा केही ढिलाइ हुने जानकारी दिए।
मतगणना व्यवस्थापनका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ। कैलाली ५ मा कांग्रेसबाट प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, बामगठबन्धनका तर्फबाट एमाले नेता नारदमुनी राना र विवेकशील साझा पार्टीका दिनेशराज भण्डारीबीच प्रतिस्पर्धा छ।